महोत्तरीको एनएमबि बैंकमा लुटपाट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० जेष्ठ १६, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
महोत्तरीको एनएमबि बैंकमा लुटपाट

पवन कुमार उपाध्याय

रौतहट,१६ जेष्ठ । महोत्तरीमा एनएमबी बैंकमा लुटपाट भएको छ।

मंगलबार मध्यान्ह साढे १२ बजे महोत्तरी गाउँपालिका- २ स्‍थित एनएमबि बैंकको शाखा कार्यालयमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।

चार जना अज्ञात व्यक्तिहरूले आएर बैंक लुटेको उनले बताए। उनीहरूले हतियार समेत बोकेका थिए। यकिन रकम कति लुटेको हो भन्ने नखुलेको डिएसपी गिरीले बताए।

‘हतियारसहित आएका चार जना व्यक्तिहरूले लुटेर फरार भएका छन्। अनुसन्धान गर्न हामी घटनास्थलमै छौं,’ उनले भने। बैंकमा रहेका सेवाग्राहीले भने अन्दाजी ३५ लाख रुपैयाँ लुटेको हुनुपर्ने प्रारम्भिक जानकारी दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस