गरुडा नगरपालिकामा नगर उपप्रमुख पुनम चौधरीले लगाइन् कार्यालयमा ताला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० अषाढ ११, सोमबार (२ साल अघि)
  • ३ पटक पढिएको
गरुडा नगरपालिकामा नगर उपप्रमुख पुनम चौधरीले लगाइन् कार्यालयमा ताला

रौतहट,११ असार। बहुमत सदस्यलाई पाखा लगाएर नगरसभा गरेको भन्दै बहिष्कार गरेकी रौतहटको गरुडा नगरपालिकाकी उपप्रमुख पुनम चौधरीले सोमबार नगरपालिकाको कार्यालयमा ताला लगाएकी छन् ।

कार्यालयमा ताला लगाएर उपप्रमुखलगायत ३१ जना जनप्रतिनिधि धर्नामा बसेका छन् । उपप्रमुख चौधरीलगायत ६ वडाका अध्यक्षसहित ३१ जना जनप्रतिनिधि धर्नामा बसेका हुन् । कार्यालयमा तालाबन्दीपछि उनीहरू मुख्य गेटमै धर्नामा बसेका हुन् ।

नगरप्रमुख कन्थमनी जैसवालले एकलौटी ढंगले बजेट चलाउन खोजेको र सहमति नै नगरी जबरजस्ती नगरसभा गरेकोले धर्नामा बसेको उनीहरूको भनाइ छ । नगरसभाको निर्णय पुस्तिका हेर्न नदिएसम्म कार्यालयको ताला नखोल्ने उपप्रमुख चौधरीले बताइन् ।

‘जबरजस्ती गरिएको नगरसभामा भएको निर्णय पुस्तिका हेर्न चाहन्छौँ । अनि चाँडोभन्दा चाँडो कार्यपालिकाको बैठक बोलाइयोस्,’उनले भनिन्,‘जबसम्म आफूहरूको माग पूरा हुँदैन तबसम्म नगरपालिकामा लगाइएको ताला खोल्दैनौँ ।

आइतबार नगरपालिकाको नवौं नगरसभाबाट ५५ करोड १६ लाख ३० हजार बजेट सार्वजनिक गरेको थियो । बजेट र नीति तथा कार्यक्रममाथि छलफल गरी पास गर्नुपर्नेमा तालाबन्दीका कारण हुन सकेन ।

ताजा अपडेट

खोजी गर्नुहोस