जनकपुरमा आइफोनको नाममा ठगी गर्ने एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण ४, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
जनकपुरमा आइफोनको नाममा ठगी गर्ने एक जना पक्राउ

रौतहट ४, साउन । अनलाइनबाट आईफोन पठाइदिन्छु प्रलोभन दिएर ठगी गरेका एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । ति व्यक्तिले आइफोन ११ अनलाइनबाट पठाइदिने भनेर कास्की पोखराका विशाल नेपालीसँग ५० हजार रुपैयाँ ठगेका थिए ।

ठगी गर्ने व्यक्तिबाट ५० हजार रुपैयाँ बरामद गरी पीडित विशाल नेपालीलाई प्रहरीले फिर्ता गरेको छ ।

रकम ठगी गर्नेमाथि प्रहरीले नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको छ । अनलाइनबाट ठगी धन्दामा गिरोह नै संलग्न रहेकोबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस