गोली हानी विराटनगरका युवकको हत्या

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण ५, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
गोली हानी विराटनगरका युवकको हत्या

रौतहट ५ ,साउन । सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ ।

शुक्रबार बेलुका विराटनगर महानगरपालिका  ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।

उनीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै  गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो ।

प्रहरी स्रोतका अनुसार उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ  । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घाइते चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको उनले बताए । गोली प्रहार गरेको कारण  नखुलेको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस