मोटरसाइकल दुर्घटनामा अनुसन्धान अधिकृतको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण १०, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
मोटरसाइकल दुर्घटनामा अनुसन्धान अधिकृतको  मृत्यु

रौतहट,१० साउन। सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । 

मंगलबार राति ईश्वरपुर नगरपालिका ९ खोरिया टोल नजिकैको पुल नजिकै दुर्घटनामा परेर २९ वर्षीय अनुसन्धान अधिकृत वसन्त साहको निधन भएको हो ।ड्युटी सकेर मलङ्गवाबाट घर फर्कँदै गरेको अवस्थामा साह सवार प्रदेश २–०१६प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी थारुले जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस