करेन्ट लागेर सप्तरीमा एक युवकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण ११, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
करेन्ट लागेर सप्तरीमा एक युवकको मृत्यु

रौतहट,११ साउन। सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका–४ बनौली बस्ने २५ वर्षीय मुकेश कुमार यादवलाई करेन्ट लगेर बुधबार राति मृत्यु भएको हो ।

आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेकाे थियो ।
गम्भीर घाइते भएका उनको छिन्मस्ता अस्पताल राजविराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस