राेल्पामा बस दुर्घटना हुदा ४ जनाकाे मृत्यु, १९ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण २३, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
राेल्पामा बस दुर्घटना हुदा ४ जनाकाे मृत्यु, १९ जना घाइते

रौतहट, २३ साउन। रोल्पामा मंगरबार दिउँसो भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्याम सारु मगरले दुर्घटनामा एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको जानकारी दिएका हुन्  । उनीहरुको सनाखत हुन भने बाँकी रहेको छ ।

घटनामा १९ जना घाइते भएको मगरको भनाई छ । सहिद मार्गअन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको त्रिबेणी गाउँपालिका – ७ को तिलामा  दिउँसो १ बजेतिर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको थियो ।  बसमा २५ जना यात्रु सवार रहेका थिए । दुर्घटना लगतै चालक फरार भएका थिए । एक घन्टापछि उनी सम्पर्कमा आएको डीएसपी मगरले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सात जना घाइतेलाई थप उपचारका लागि दाङको घोराहीतर्फ पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस