रौतहटमा लुकाई छिपाई राखेको सखुवाको काठ बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण २३, मंगलबार (२ साल अघि)
  • ४ पटक पढिएको
रौतहटमा लुकाई छिपाई राखेको सखुवाको काठ बरामद

पवन कुमार उपाध्याय

रौतहट,२३ साउन। रौतहटमा लुकाई छिपाई राखेको अवस्थामा सखुवाको काठ मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

गोप्य सुचनाको आधारमा रौतहटको गरूडा नगरपालिका वडा नं.७ पिपरिया गाउँको तरहारी नदीको छेउमा परालले छोपेर राखिएको अवस्थामा १८० क्युविक फिट सखुवाको काठ प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिएको छ।

ईलाका प्रहरी कार्यालय गरुडा प्र.ना .नि रामबिहारी राउतको कमाण्डमा खटिएको संयुक्त टोलीले उक्त काठ लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको छ ।

बरामद काठ १८० क्युविक फिट परिमाणमा रहेको सखुवाको काठ बरामद गरी आवश्यक कारवाहीको लागी सब डिभिजन वन कार्यालय चन्द्रपुर रौतहटलाई बुझाईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस