बिरगंज महा नगरका उपप्रमुख आलमद्वारा,मधेश लोकसेवा त्यारी केन्द्र को उद्धघाटन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण २४, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
बिरगंज महा नगरका उपप्रमुख आलमद्वारा,मधेश लोकसेवा त्यारी केन्द्र को उद्धघाटन

बिरगंज/श्रावण-२४ गते।

सरकारी जागीर प्रति बिधार्थी तथा अभिभावकहरुको रुचि दिन प्रती दिन बढ्दै गएकोले सो कुराको मध्य नजर गर्दै,गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले सुबिधा सम्पन्न रहेको दक्ष जनशक्ति बाट प्रशिक्षण दिनका लागि बिरगंजमा मधेश लोकसेवा त्यारी केन्द्रको आज बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले उद्धाटन गर्नु भएको छ।

सो त्यारी केन्द्र को उद्धाटन गर्दै उपप्रमुख आलम ले सो मधेस लोक सेवा त्यारी केन्द्र ले विद्यार्थीहरु को भबिस्य बनाउन एउटा महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्ने आफुले आशा लिएको बताए । लोक सेवा आयोग लगायत अन्य सरकारी सेवा आयोग मा बिद्यार्थीहरु को चासो बढ्दै गएको ले सुलभ शुल्कमा सबैको शिक्षामा पहुँच हुने मनसायले पाठन-पाठन गराउन उनले मधेश लोकसेवा त्यारी केन्द्र संग आग्रह गरे ।

बुधबार उद्धघाटन पश्चात संचालनमा आएका मधेश लोकसेवा त्यारी केन्द्रले लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैकिङ्ग त्यारी कक्षाहरु, सुरक्षा निकाय, कम्प्युटर कक्षा, प्राविधिक सेवा लगायत विभिन्न कोर्सहरु पढाउने सो त्यारी केन्द्रका निर्देशक निखिल पासवान ले बताए ।

उक्त उद्धाघाटन समारोहमा नेपाली कांग्रेसका २६ २७ र २८ नम्बर का वडा अध्यक्षहरु को उपस्थिति रहेको थियो भने सो कार्यक्रम मा विभिन्न राजनीति कर्मी,संचार कर्मी,पत्रकार एवम् शिक्षक, शिक्षिका तथा विभिन्न कलेज का बिद्यार्थीहरुको पनि उल्लेखनिय उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस