सर्लाहीको लखन्देही खोलामा एक युवकको टाउको फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण २५, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पवन कुमार उपाध्याय

रौतहट,२५ साउन । सर्लाहीमा शरीरबाट अलग गरेको अवस्थामा युवकको टाउको फेला परेको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका ४ स्थित लखन्देही खोला किनारमा बिहीबार बिहान करिब ८ बजे शरीरबिनाको टाउको मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

लखन्देही पुलबाट करिब ५० मिटर दक्षिण खोला किनारमा शरीरबाट अलग्गिएर फालिएको अवस्थामा टाउको मात्र फेला परेको हो । पुलमुनिको खेलामा टाउको मात्र देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खोलामा फेला परेको टाउको उठाएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।अन्दाजी २५ वर्षको जस्तो देखिने युवकको हत्या भएको जस्तो देखिने प्रहरीले जनाएको छ।

ती युवकले हल्का दाह्री पालेको जस्तो देखिएको प्रहरीले जनाएको छ। युवकको हत्या सोही ठाउँमा भएको हो वा अन्यत्र हत्या गरेर टाउको मात्रै फालिएको हो भने अनुसन्धानपछि मात्रै खुल्ने डीएसपी पञ्जियारले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस