हत्या गरेर फरार रहेका पुरुष इलामबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण २५, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
हत्या गरेर फरार रहेका पुरुष इलामबाट पक्राउ

इलाम,२५ साउन। आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा इलाममा एक पुरुष पक्राउ परेका छन् । 

४५ वर्षीया डम्बर कुमारी तामाङको घरेलु हतियार बामफोक प्रहार गरी हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका-२ सयपत्री टोल डेरा गरी बस्ने पाँचथर हिलिहाङ गाउँपालिका-७ तम्फुवा घर भएका ५० वर्षीय पूर्णबहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवादको क्रममा सोमबार राति पूर्णबहादुरले बामफोक प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर इलामबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका-२ लालिखर्कबाट पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस