नक्कली सर्टिफिकेट प्रकरण : सांसद शर्मापछि थप चार जना डाक्टर पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० श्रावण २५, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

काठमाडाैँ,२५ साउन। नक्कली सर्टिफिकेट प्रकरणमा प्रहरीले सांसद सुनिलकुमार शर्मासहित पाँच जनालाई पक्राउ गरेको छ। 

सांसद शर्मापछि थप चार जना डाक्टर पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्। पक्राउ पर्नेमा डा एलिना शाह, डा रामबाबु यादव, डा रञ्जित यादव र डा अमित चौधरी रहेका छन्।

अहिले पनि सिआइबीको टोली कीर्ते प्रकरणका आरोपीहरुको खोजीमा खटिएको जनाइएको छ। आज दिउँसो सिआइबीको टोलीले काठमाडौँको गल्फुटारस्थित आफ्नै घरबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो। शर्मा पक्राउ परेको विषयमा सिआइबीले संसद सचिवालयलाई दिउँसै जानकारी गराइसकेको छ। 

कतिपय चिकित्सकहरुले भारतीय नक्कली प्रमाणपत्रहरु पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गर्न भनेर काउन्सिलले सिआइबीलाई सूचना दिएको थियो। सोही सूचनाका आधारमा प्रहरीले आज उनीहरुलाई पक्राउ गरेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस