सहिद रामवृक्ष यादवको २९ औं स्मृति दिवस आजपा अध्यक्ष साहले भव्यका साथ मानाए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० भाद्र २, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
सहिद रामवृक्ष यादवको २९ औं स्मृति दिवस आजपा अध्यक्ष साहले भव्यका साथ मानाए

राजकुमार यादव

रौतहट,०२ भदौ। तत्कालिन नेकपा माओवादीका १० वर्षे जनयुद्धको पूर्वसन्ध्याका सहिद रामवृक्ष यादवको २९ औं स्मृति दिवस आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सहिद यादवको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

आजपा अध्यक्ष साहको निजी निवास मौलापुरमा शनिबारका दिन मौलापुर नगरपालिकका नगर प्रमुख रीना साह , उप नगरप्रमुख नागेन्द्र यादव , आजपा रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साह , चन्देश्वर बैठा , उमेश कुशवहा लगायतका नेता तथा जनप्रतिनिधि हरुले यादवप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्दै माल्यार्पण गरेका थिए ।

२०५१ साल भदौ १ गते नेपाल बन्दको कार्यक्रम सकेर भोलिपल्ट भदौ २ गते वीरेन्द्रबजारबाट घर फर्कंदै गर्दा सादा पोसाकमा रहेका प्रहरी र नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले घरेलु हतियार प्रयोग गरी बीभत्स तरिकाले यादवको हत्या गरेका थिए । नेपालमा जनयुद्ध सुरुआतको समयमा केन्द्रीय तहबाट भएको यो ठूलो बलिदान थियो ।

तराईमा माओवादीको प्रभाव विस्तार रोक्ने देशी–विदेशी षड्यन्त्रमा यादवको हत्या भएको माओवादी निष्कर्ष थियो । रामवृक्ष यादवको हत्या भएको आज २९ वर्ष पुगिसकेको छ । उनी कम्युनिस्ट क्रान्तिकारीहरूका लागि वैचारिक प्रेरणा र प्रतिबद्धताका अगुवाका रूपमा रहिरहनेछन् । नेकपाले प्रत्येक वर्ष भदौ २ गते यादवको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस