बृन्दावन नगरपालिका ३ मा नयाँ सचिवको रुपमा यादब हाजिर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० भाद्र १२, मंगलबार (२ साल अघि)
  • २ पटक पढिएको
बृन्दावन नगरपालिका ३ मा नयाँ सचिवको रुपमा यादब हाजिर

रमेश कुमार यादब
भदौं ११,रौतहट
रौतहटको बृन्दावन नगरपालिकाको वार्ड नं.३ को वार्ड कार्यलयमा नयाँ सचिव हाजिर भएका छन । वार्ड नं.३ अन्तर्गत पर्ने बाबा बिश्वम्बरनाथ मन्दिर स्थित रहेको वार्ड कार्यलयमा नयाँ सचिवको रुपमा होस नरायण यादब हाजिर भएका छ्न । केही दिन देखि वार्ड कार्यलय सचिव बिहिन बनेको थियो ।

बरिष्ट वार्ड सदस्य बिरेन्द्र प्रसाद यादबको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गरि आईतवार वार्ड कार्यलयमा हाजिर भएका सचिव यादबलाई खादा र टीका लगाई भब्य स्वागत गरेका थिए । सचिव यादबले औपचारिक रुपमा (आज) आईतवार देखि कार्यभार सम्हाल्नु भएको हो । कार्यभार सम्हाल्ने बितिकै सेवाग्राहीहरुको काम गर्न थालेका छन ।कार्यभार सम्हाल्नु भएको साथै वर्तमानकाल दैनिक पत्रीकाको पत्रकारसंग कुरा गर्दै उहाँले भने कि वार्डबासिलाई नेपाल सरकारबाट पाउने प्रत्येक सेवा सुबिधा प्रदान गर्ने बताउनु भयो ।

वहाँले भने कि हाम्रो वार्डबाट पाउने अनलाईन घटना दर्ता ,बसाई सराईको सुचना फारम ,विबाहको सुचना फारम ,सम्बन्ध बिच्छेद ,मुत्यु दर्ता प्रमाणपत्र,जन्मदर्ता,सरबसाई ,राज्सव कर ,मालपोत ,कार्यालय सन्चालन ,लेनदेन ,कपाली तमसुक दर्ता गराउने जस्ता कार्यहरु वार्ड नं.३ का वार्डबासिले नियमित रुपमा सेवा पाउने सचिव यादबले बताउनु भयो ।यो भन्दा अघि वार्ड कार्यालयबाट पाउने सेवा सुबिधा बन्द हुँदा सेवाग्राहिहरु मारमा परेका थिए ।अब देखि वार्डबाट पाउने प्रत्येक सेवा सुबिधा वार्डका कर्मचारीहरुले प्रदान गर्ने पनि प्रतिबद्धता जनाउनु भयो ।पदभार सम्हाल्ने बितिकै बिभिन्न काम लिएर आएका सेवाग्राहिहरुको काम छिटो छरितो र सर्वसु्ल्भ तरिकाबाट प्रदान गर्ने जानकारी दिनु भयो ।

सोहि सोहि वार्डको बरिष्ट सदस्य बिरेन्द्र प्रसाद यादबले कार्यक्रमको सम्बोधन गर्दे भने कि वार्डबासिहरुले भोगेको दुख र सेवा सुबिधाबाट केहि दिन बन्जित हुँदा हामि दुखित भएको छु बताउनु भयो ।साथै अव हाम्रो वार्डमा हाजिर भएका सचिवले नियमित रुपमा वडाबासिलाई प्रत्येक सेवा सुबिधा दिनेछ भनि आशा अनि बिश्वास समेत रहेको बरिष्ट वाडसदस्य यादबले बताउनु भयो ।

अव देखि वाडबासिलाई कुनै पनि समस्या नहुने र सबैजनालाई एक मत बिचार भएर अगाडी बढने र सबैको हकहितमा काम गर्ने छ बताउनु भयो । वडासदस्य यादबले भने सचिव यादब बिभिन्न वार्डमा काम गरिसकेका र सेवा नियम कानुनको ज्ञाता समेत रहेका बताउनु भयो ।सचिव यादबले यो भन्दा अघि बृन्दावन नगरपालिकाको वार्ड नं.२ मा करिब १ बर्ष समेत काम गरिसकेका छन ।त्यस कारणले वार्डबासिलाई कुनै प्रकारका सेवा सुबिधामा कमि नआउन दिन पुर्ण आशा रहेको बताउनु भयो ।सचिव यादब आउनु भन्दा अघि बृन्दावन नगरपालिकाको वार्ड नं.३ मा मनोज बिश्वकर्मा कार्यरत रहेका थिए । कार्यभार सम्हाल्नु भएकोमा सचिव यादबलाई वार्ड नं.३ का वरिष्ट वडासदस्य बिरेन्द्र प्रसाद यादब , अमिन्द्र राय यादब लगायत वार्डका कर्मचारीहरुले धुमधामसंग खादा र टीका लगाएर स्वागत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस