अपहरणकारी पक्राउ परेपछि,रौतहटमा दुई घण्टा गरेका चक्का जाम खुल्यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० भाद्र १६, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
अपहरणकारी पक्राउ परेपछि,रौतहटमा दुई घण्टा गरेका चक्का जाम खुल्यो

रौतहट,१६ भदौ। रौतहटमा बालिकालाई अपहरण गरेपछि खोजतलास गर्नमा प्रहरीले आलटाल गरेको भन्दै स्थानियहरु टायर बालेर दुई घण्टा चक्का जाम गरेका थिए ।

बच्चा अपहरण गर्नेलाइ पक्राउ गर्न प्रहरीले चासो नलिएको भन्दै स्थानीयले शनिबार करिब दुई घण्टा गौर–चन्द्रपुर सडकलाई स्थानीयहरुले अबरोध गरेका थिए । जिल्लाको माधवनारायण नगरपालिका–५ मिठुअवाका रामनरेश महतो सुढीले सोही ठाउँका एक नाबालिकलाई अपहरण गरेको भन्दै स्थानीयहरु आन्दोलित बनेका थिए ।

स्थानीयहरु श्निबार सखुअवा चौकमा दुई घण्टा सडक अबरुद्ध गरेपछी प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । त्यसपछी स्थानीयले आन्दोलन स्थगित गरेर चक्का जाम खुलाएका थिए ।

स्थानीय अबधेश महतोको ८ वर्षिय छोरी खुश्बु कुमारी महतोलाई सोही ठाउँका रामनरेश र उनकै भाइ रंजित महतोले रक्षाबन्धनका दिन भदौ १४ गते बिहिवारका दिन अपहरण गरेको आरोप लगाइएको छ । त्यसपछि पीडित परिवारले आफ्नो बच्चालाई बन्धक बनाएको भन्दै अपहरणकारीलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरीमा निवेदन परेपछि पक्राउ पर्ने डरले बन्धक बनाएको तीन दिनपछि शनिबार बिहान मात्रै उक्त बालिकालाई अपहरण मुक्त गरेको खुलेको थियो ।

त्यसपछि पीडित परिवारले शनिबार बिहानै दोषी महतोलाई पक्राउ गरी छानबिन गर्न प्रहरी चौकी सुकदेव चौकका असईलाई खबर गरेका थिए । तर प्रहरीले दोषीलाई पक्राउ गर्न आलटाल गरेपछि आक्रोशित स्थानीयहरूले शनिबार बिहानै देखि २ घण्टा सखुअवा चौक स्थित गौर–चपुर सडक खण्डमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए ।

स्थानीयहरूले आन्दोलन गरेको २ घण्टा नबित्दै प्रहरीले दुवै जना आरोपीलाई पक्राउ गरेको थियो । दोषी पक्राउ परेपछि स्थानीयहरूले आन्दोलन स्थगित गरी चक्काजाम खुलाएका थिए । पक्राउ परेकाहरू गरूडा प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जनाएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस