गरुडाका युवा (एन्टा) का उपाध्यक्षमा चयन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० भाद्र २५, सोमबार (२ साल अघि)
  • ४ पटक पढिएको
गरुडाका युवा (एन्टा) का उपाध्यक्षमा चयन

रौतहट,२५ भदौ। रौतहट जिल्लाका गरुडा निवासी स्वर्गीय बच्चु प्रसाद साहका छोरा हाल अस्ट्रेलियाको रिभरस्टोन मा बसोबास गर्दै आएका परमानन्द साह एशोशिएसन अफ नेपाल तराई इन् अस्ट्रेलिया(एन्टा)का उपाध्यक्षमा सर्बसहमतिले चयन भएका छन् ।

रौतहट जिल्लाको गरुडामा स्थाई बसोबास रहेका साहका बुवा स्वर्गीय बच्चु प्रसाद साह पनि एउटा कुसल र सफल ब्यबसायी थिए।२०१३ मा अस्ट्रेलिया पुगेका प्रमानन्द आफ्नो मेहनत र लगनशीलताले छोटो समयमा एक सफल व्यवसायी बनेका हुन।नव–निर्वाचित साह अस्ट्रेलियामा नेपाली समुदायका एक सफल युवा व्यवसायी हुन् ।

ड्नीको ग्रयान्भिलमा १० सेप्टेम्बरमा भएको वार्षिक साधारणसभाबाट साह लाई सर्वसम्मति बाट उपाध्यक्ष पदमा चयन गरिएको हो ।अध्यक्ष पदका लागि अन्य २ जनाले मनोनयन दर्ता गराए पनि उपाध्यक्ष पदमा साह एकल उमेदवार रहेका थिए ।साहको कार्यसमितिमा सबै पदाधिकारी सर्वसम्मत भएको बताइएको छ ।

उपाध्यक्षमा परमानन्द साह चयन भएका छन् भने अस्ट्रेलियाका युवा व्यवसायी तथा क्लिनिङ, कन्स्ट्रक्सन, रेष्टुरेन्ट र हाउजिङको व्यापार रहेका कुशल तथा सफल ब्यबसायी रञ्जिपत साह अध्यक्षमा निर्वाचित भएका छन्।यस्तै समितिको महासचिबमा विकास झा ,कोषाध्यक्षमा सुरेन्द्र साह र कार्यक्रम संयोजकमा राकेश साह सर्वसम्मत भए छन् ।

सहकोषाध्यक्षमा रंजित दास चयन भएका छन् । कार्यसमिति सदस्यमा आरती साह, मोहम्मद सैफअली खान, प्रिया गुप्ता र विजयकुमार साह रहेका छन् ।एशोशिएसन अफ नेपाल तराई इन् अस्ट्रेलिया(एन्टा) अष्ट्रेलियाको न्युसाउथ वेल्स राज्यमा दर्ता भएको मधेसीहरुको पहिलो र सबैभन्दा पुरानो संस्था हो ।नव–निर्वाचित उपाध्यक्ष साहको अष्ट्रेलियामा क्लिनिङको व्यापार रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस