सोमबार निधन भएको सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० भाद्र २८, बिहिबार (२ साल अघि)
  • ४ पटक पढिएको
सोमबार निधन भएको सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदै

बर्तमानकाल दैनिक संम्वाददाता
भदौं २८,

सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मान सहित अन्त्येष्टि गरिंदै छ । उनको अन्त्यष्टि अघि अहिले शव यात्रा सुरु भएको छ । उनको निवास बालुवाटारबाट शव निकालिएको हो । बालुवाटारमै सेनाले सलामी दिएको छ ।

शव यात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुगेको छ ।नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो ।

नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ । राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज सरकारले शोक बिदा दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस