सडकको खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० भाद्र २९, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
सडकको खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु

धनुषा,२९ भदौ। नाला निर्माण गर्दा ढक्कन नहालेको ठाउँमा खसेर जनकपुरधाम उपमहानगरपालिका- १५ लोहनामा एक बालकको मृत्यु भएको छ ।

स्थानीय रञ्जित मुखियाका २ वर्षीय छोरा रोहन मुखियाको नालामा खसेर मृत्यु भएको हो । घर अगाडि खेल्ने क्रममा आज बिहान बालक रोहन नालामा खसेका थिए ।

स्थानीयका अनुसार नालामा ढक्कन नराखेको ठाउँमा टाउको तल र खुट्टा माथि रहेको अवस्थामा उनलाई देखेपछि बाहिर निकाल्दा मृत्यु भइसकेको थियो ।

मधेस प्रदेश सरकारले नाला दुई वर्ष अघि नै सडक ढलान र नाला निर्माण गरेको छ । नालामा ढक्कन समेत राखेको तर ठाउँ ठाउँमा नराखेपछि घटना घटेको स्थानीको भनाई छ ‌।

ताजा अपडेट

खोजी गर्नुहोस