पर्साको छपकैयामा एक महिलाको हत्या

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० आश्विन १९, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
पर्साको छपकैयामा एक महिलाको हत्या

वीरगञ्ज,१९ असोज। वीरगञ्ज आफ्नै घरमा एक महिलाको हत्या भएको छ ।

वीरगञ्ज महानगरपालिका – १ बजार छपकैयामा गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी साहको हत्या भएको हो ।

पर्सा प्रहरीका अनुसार शुक्रवार बिहान टाउकोमा घरेलु हतियारले हानेर गम्भीर अवस्थामा भेटिएकी पुनमदेवीलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगियो । यद्यपि त्यहाँ  चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

पुनमदेवीको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै हत्याको यकिन कारण खुल्ने एक प्रहरीले अधिकृतले बताए ।

प्रहरीका अनुसार पुनमदेवीको हत्या कसले र किन गरेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

मृतक पुनमदेवी घरमा एक्लै बस्दै आएकी थिइन् । उनका पति गगनदेव कामको सिलसिलामा भारतमा र छोरा पनि अध्ययनको लागि भारतकै दिल्लीमा रहेका छन् ।

घटनाका बारेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस