स्थानीय तहले विजुली वत्ति प्रयोग गरेवापतको करोडौं महसुल बुझाउन प्राधिकरणको ४५ दिने अल्टिमेटम

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० आश्विन २६, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
स्थानीय तहले विजुली वत्ति प्रयोग गरेवापतको करोडौं महसुल बुझाउन प्राधिकरणको ४५ दिने अल्टिमेटम

असोज २६,रौतहट
रौतहटको स्थानीय तहले विजुली वत्ति प्रयोग गरेवापत करोडौं महसुल बुझाउन बाँकी रहदा बुझाउन नेपाल बिधुत प्राधिकरणले ४५ दिनको अल्टिमेटम दिएको छ ।
रौतहटको स्थानीय तहले विजुली वत्ति प्रयोग गरेवापत करोडौं महसुल बुझाउन बाँकी रहदा नेपाल विद्युत प्राधिकरणले ४५ दिनको सयम सीमा निर्धारण गरेका छन् ।
गत आर्थीक बर्ष २०७९–०८० सम्मको बक्यौता रकम तिर्न नेपाल बिद्युत प्राधिकरणले एक सुचना जारी गर्दै ४५ दिनको समय सिमा दिएका हुन् ।नेपाल विद्युत प्राधिकरणले असोज २१ गते एक सुचना जारी गर्दै सडकका लागि प्रयोग गरिने विद्युतको महसुल नबुझाउने रौतहटको १८ स्थानीय तहहरु सहित देशको तीन सय ३२ स्थानीय तहलाई ४५ दिनभित्र महसुल बुझाउन समय दिएको बताइएका छन् । जस अनुसार ६ महानगरपालिका समेत रहेका छन । तोकिएको समय सिमा भित्र बिद्युत महुशल नबुझाएमा नेपाल बिद्युत प्राधिकरण, बिद्युत महशुल संकलन बिनियमाबली ०७८ को बिनियम १० को प्राबधान बमोजिम कारबाही हुने जनाएको छ ।
अनुमति नलिकन बिना मिटर आफुखुशी जथाभाबी सडक बतीहरुमा नेपाल बिद्युत प्राधिकरणको सम्बन्धित बितरण केन्द्रमा सम्पर्क राखी ४५ दिन भित्र नियमानुसार मिटर जडान गर्न/गराउन स्थानीय निकाय लाई अनुरोध समेत गरेको छ । मिटर जडान नगरिएका अनधिकृत सडक बती नेपाल बिद्युत प्राधिकरणले हटाउने सुचना जारी गर्दा गदै रौतहटका बिभिन्न पालिकामा सडक बती धमाधम जडान भईरहका छन् । प्राधिकरणको सुचनालाई अटेरी गरि आफ्नो राजिखुसि जडान गरेमा त्यस्ता पालिकालाई कार्यावाहि समेत गर्ने चेतावनी दिएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस