जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु, दुई जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० कार्तिक ५, आईतबार (२ साल अघि)
  • ५ पटक पढिएको
जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु, दुई जना घाइते

रमेश कुमार यादब
कार्तिक ०५,रौतहट

रौतहटमा केहि दिन देखि हातिले आतंक मचाउदैं आईरहेको थियो । जिल्लाको बिभिन्न ठाउँमा भौतारिदैं गर्दा किसान समेतलाई दुख दिदै आईरहेको थियो । उतरी भेग स्थित रहेको चन्द्रपुरको खेतहरुमा धान लगायत गाउँमा पसि घर समेत तोडफोडले गाउँहरुले त्रसित बनेका थिए । सोहि हाथिको सिकार रौतहटका एक भएका छन ।

सोहि जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ५ स्थित राजपैडा घर भएकी ५५ वर्षीय मनीया धामीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

शनिबार दिउँसो घाँसपात गर्न भनी चाँदी खोला पारी रहेको रामलाल वृन्दावन साझेदारी वनमा गएकी धामीको घटनास्थलमै ज्यान गएको चन्द्रपुर ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
मृतक धामी सँगै गएका अन्य दुईजना समेत हात्तीको आक्रमणबाट घाइते भएका छन् । घाइते हुनेहरुमा राजपैडा घर भएका ५३ वर्षीय अघनिया देवी चौधरी र ६० वर्षीय पनाबती देवी रहेका छन्।

जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी महिलाको सेना, प्रहरी, बन् कार्यालयका कर्मचारी लगायत स्थानीयको सहयोगमा शव खोजेर उद्दार गरिएको छ।
शवको पोस्टमार्टम गर्न जिल्लाको प्रादेशिक अस्पताल गौरमा लागिएको प्रहरी स्रोतले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस