रौतहट प्रहरीद्वारा अवैध सामान बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० कार्तिक १४, मंगलबार (२ साल अघि)
  • ४ पटक पढिएको
रौतहट प्रहरीद्वारा अवैध सामान बरामद

रौतहट,१३ कार्तिक जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार छली ल्याएका अवैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय
रौतहटबाट खटिएको छुट्टाछुट्टै गस्तीले सोमबार भारतबाट अवैध रूपमा भन्सार छली ल्याएको सामान बरामद गरेको हो ।

प्रहरीले लताकापडा, किरानाका सामान, भाँडा वर्तन लगायतका सामान गौर नगरपालिका ६ र यमुनामाई गाउँपालिका ४ बाट
बरामद गरेको जनाएको छ ।

बरामद सामानको मूल्य तिन लाख ५८ हजार तीन सय ४० रहेको रौतहट प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीले जानकारी दिए । आवश्यक कारवाहीका लागि सो सामान जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको उनले जानकारी दिए । यस्तै प्रहरीले तिन बोरा पटाका पनि बरामद गरेको छ । सो पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ

ताजा अपडेट

खोजी गर्नुहोस