प्रिन्सिपलको हत्यामा संलग्नलाई आज सार्वजनिक गरिने :एसपी काफ्ले

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० कार्तिक १५, बुधबार (२ साल अघि)
  • ४ पटक पढिएको
प्रिन्सिपलको हत्यामा संलग्नलाई आज सार्वजनिक गरिने :एसपी काफ्ले

बर्तमानकाल सम्वाददाता ,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले मंगलबार पत्रकार संमेलन गर्ने भनेता पनि स्वर्णकारको हत्यामा संलग्न केही व्यक्ती पक्राउ नपरेको पक्राउ परे पछि आज पत्रकार सम्मेलन गर्न लागिएको हो ।बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई दिउँसो १ बजे सार्वजनिक गरिने जानकारी दिए ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरी सोधपुछ गरेको छ । सोधपुछका क्रममा संलग्नता पुष्टि भएकाहरूलाई बारा प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो ।सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए ।अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको जानकारीअनुसार पक्राउ परेकी महिला राधा गुप्ता हुन् । उनी मदरसा टोलमै बसोबास गर्छिन् ।

पक्राउ परेका अर्का व्यक्ति भारतीय नागरिक मनोज गुप्ता छन् ।राधा उक्त स्कुलकी पूर्वलेखापाल हुन् । उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । प्रिन्सिपल स्वर्णकार विवाहित हुन् । उनका दुई छोरा छन् । केही समयअघि स्वर्णकार र राधाबीचको प्रेम सम्बन्ध बाहिरिएको थियो ।मनोज पनि राधाको प्रेमी हुन् । राधा र प्रिन्सिपल स्वर्णकार बीचको सम्बन्ध बाहिरिएपछि मनोजकै जोडबलमा राधाले जागिर छाडेकी थिइन् ।मनोजले स्वर्णकारलाई राधाको पिछा छाड्न भनेका थिए । तर स्वर्णकार नमानेको भन्दै उनीहरूकै योजनामा हत्या भएको खुलेको हो । यसबारेमा प्रहरीले आज विस्तृत रूपमा जानकारी दिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस