राज्यमन्त्री फुलबाबुको गाडीको ठक्करबाट ३ जना गम्भीर घाइते, एकको अवस्था चिन्ताजनक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० कार्तिक १५, बुधबार (२ साल अघि)
  • ११ पटक पढिएको
राज्यमन्त्री फुलबाबुको गाडीको ठक्करबाट ३ जना गम्भीर घाइते, एकको अवस्था चिन्ताजनक

बर्तमानकाल सम्वाददाता
सर्लाहीमा मधेस प्रदेश सरकारको उर्जा, सिचाइ तथा खानेपानी राज्यमन्त्री शेख अवुल कलाम आजाद (फुलबाबू) को गाडीको ठक्करबाट मोटरसाइकल सवार ३ जना गम्भीर घाइते भएका छन् भने एकको अवस्था चिन्ताजनक रहेको छ ।

जिल्लाको बरहथवा नगरपालिका–९ मुक्तेश्वर चौकस्थित मंगलबार साझ करिब ७ बजे बरहथवाबाट नयाँरोडतर्फ जादैगरेको मधेस प्रदेश ०२ ००१ झ ०२४० सरकारी नम्बर प्लेटको जिप (स्कोरपिओ) र विपरीत दिशाबाट आउदै गरेको बा ४३ प १२६३ नम्बर प्लेटको मोटरसाइकल एकापसमा ठोकिँदा मोटरसाइकल सवार बरहथवा नगरपालिका–५ का १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपालिका–५ का १८ वर्षीय दिपक महतो र बागमती नगरपालिका–१० शंकरपुरका १९ वर्षीय अजय महतो गम्भीर घाइते भएका छन् ।
घाइते तिनैजनामध्ये दिपकको टाउकोमा भारी चोट लागेकोले उनको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार घाइते तिनैजनाको उपचार बिरगंजको एलएस न्युरो हस्पिटलमा भइरहेको छ । सरकारी गाडीमा सवार सबैजना दुर्घटना स्थलबाट फरार भएका छन् ।


स्थानीय प्रत्यक्षदर्शीका अनुसार सरकारी गाडीमा सवारहरुले मदिरा पिएर लठ्ठीएका कारण विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई फिल्मी शैलीमा ठक्कर दिएपछि मोटरसाइकल सवार तिनैजना करिब १० फिट माथि उडेका थिए ।
राज्यमन्त्री जस्तो मान्छेको सरकारी नम्बर प्लेटको गाडीले ठक्कर दिएपछि घाइते भएकाहरुलाई उद्धार गर्नुको साटो गाडी छोडेर भागेपछि आक्रोशमा आएर स्थानीयले गाडी तोडफोड गरेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस