सर्लाहीमा बिग्रिएर रोकिएको ट्रकमा मोटरसाईकल ठोक्किदा २ जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० कार्तिक १७, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
सर्लाहीमा बिग्रिएर रोकिएको ट्रकमा मोटरसाईकल ठोक्किदा २ जनाको मृत्यु

सर्लाही,१७ कार्तिक। रोकि राखेको ट्रकमा मोटरसाईकल ठोक्किएर हरिवनका २ जनाको मृत्यु भएको छ ।

बिहिवार राति साँढे ९ बजेको समयमा लालबन्दी नगरपालिका १७ कालिन्जोरमा बिग्रिएर रोकिएर राखेको ट्रकमा सोहि दिशाबाट आएको मोटरसाईकल ठोक्किएको थियो । पुर्व पश्चिम लोकमार्गस्थित सडकछेउमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर०६ जिडि३१४१ नम्बरको बिग्रिएर रोकिराखेको ट्रकमा सोहि दिशाबाट आएको प्रदेश २–०३–००४ प ३५५ को होण्डा साईन मोटरसाईकल ठोक्किएको थियो ।

सो दुर्घटनामा परि हरिवन ११ का बर्ष २८ का मुकेश कुमार गुप्ता र सोहि ठाउँका बर्ष ३५ का सुनिल कुमार गुप्ताको मृत्यु भएको छ । टाउकोमा चोट लागी गम्भिर घाईते भएका मोटरसाईकल चालक मुकेशलाई उपचारका लागी प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यसैगरि पछाडि सवार सुनिललाई उपचारका लागी जनसेवा अस्पताल बर्दिवास लगिएकोमा त्यहाँका चिकित्सकले मृत्यु भईसकेको बताएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ट्रक चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक मदन थापाले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस