रौतहटका कुम्हार समुदायहरु दिपावलीको लागि दियो बनाउनमा ब्यस्त

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० कार्तिक २१, मंगलबार (२ साल अघि)
  • २ पटक पढिएको
रौतहटका कुम्हार समुदायहरु दिपावलीको लागि दियो बनाउनमा ब्यस्त

|ltxf/nfO{ df6fsf kfnf 3f]/fxL, ^ sflQs M bfªsf] u9jf ufpFkflnsfl:yt s'dfn ;d'bfosf gful/sn] agfPsf df6fsf kfnf agfpFb} . ltxf/ lelqP;Fu} o;sf] dfu klg a9b} uPsf] 5 . tl:a/ M ;'zLnf cf]nL÷/f;;

रमेश कुमार यादब
कार्तिक २०,रौतहट
नेपालीहरुको दोस्रो ठूलो पर्व हो तिहार । तिहारको प्रमुख विशेषतामध्ये एक हो दिपावली अर्थात् झिलिमिली बत्ती बाल्ने । पछिल्ला केही दशकयता विद्युतीय बत्तीको प्रयोग बढे पनि माटोको दियो बाल्ने परम्परागत प्रचलन पनि उत्तिकै प्रयोगमा छ । त्यसैले तिहार जति नजिक आउँदैछ, बजारमा पालाको माग पनि उत्तिकै बढ्दो छ ।

पालाको माग बढेसँगै रौतहटका कुम्हार समुदायले यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । तिहारको पालाको माग धान्न रौतहटका विभिन्न स्थानमा धमाधम पाला बनाइँदै छ ।कुम्हाले समुदाय माटाका अन्य भाँडा बनाउन छाडेर अहिले पाला बनाउन व्यस्त छन् ।

‘तिहारमा अरु भाँडा त्यति बिक्री पनि हुँदैन, त्यसैले अहिले अन्य भाँडा बनाउन छाडेर पाला बनाउँदैँ आएका छौँ’,रौतहटमा पाला सुकाउन व्यस्त रबिन्द्र प्रजापतिले भने, ‘चाडपर्व अनुसार पनि भाँडा बनाउनुपर्छ, दशेंमा धुपौरो, कुलिँचाको माग बढेजस्तै तिहारमा पालाको माग बढी आउँछ ।’तिहारमा लक्ष्मी पूजाका लागि बिभिन्न ठाउँबाट समेत पालाको माग आउने भएकाले गमला, धुपरो, खुत्रुकेलगायत विभिन्न पर्यटकीय सामग्री बनाउने कामलाई थाँती राखेर पाला बनाउने काममा व्यस्त भएको प्रजापतिले बताए ।‘बिहान सबेरै उठेर अघिल्लो दिनमै तयार गरी राखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने तथा सुकिसकेको पालालाई पालोमा राखेर भट्टीमा पोल्ने र माग अनुसार बजार पठाउने काममा नै व्यस्त छौंँ, अहिले अन्य भाँडाकुँडा बनाउन फुर्सद छैन’, उनले भने ।

पाला बनाउन माटोलाई आवश्यकता अनुसार मेसिनले मुछेर तयार गरिन्छ । आज भोलि प्रविधिले माटोको भाँडा बनाउने पेसा पनि सहज बन्दै गएको छ । मेसिनले नै तयार गरेको माटोलाई विद्युतीय चक्रमा राखेर काँचो पाला तयार गरिन्छ । यसरी बनाएको पालालाई घाममा सुकाइन्छ । सुकेर तयार भएको पालालाई आधुनिक भट्टीमा पोलेपछि पाला पूर्णरुपमा तयार हुन्छ र मागअनुसार बजारमा आपूर्ति गरिन्छ ।

आजभोलि रौतहटको बृन्दावन नगरपालिकाको कुमहालेहरु मात्र होइन खोर, रामपुर, हरैया, गरुडा, लक्ष्मीपुर, कटहरिया ंलगायतमा माटोका भाँडा बनाउने पेसामा संलग्न कुमहालेहरु अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् । विशेष गरी धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलिमिली बत्ती बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलिमिली बत्ती बाल्ने परम्परा रहेको छ ।

तिहारको लक्ष्मी पूजाका दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डा लगायतका स्थानमा पालाको दियो बाली झिलिमिली पार्ने परम्परा रहेको छ । पछिल्लो समय तिहारमा बत्ती बाल्नकै लागि विद्युतीय बत्तीको प्रयोगसमेत उच्च हुने गरेको छ । तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलिमिली पार्ने गरे पनि अनिर्वाय रुपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा बर्सेनि पालाको माग बढ्ने गरेको व्यवसायी बताउँछन् ।
केही वर्षअघि मैनबत्ती बाल्ने प्रचलन पनि देखिएको थियो तर दियो जस्तो सुरक्षित नभए पछि मैनबत्ती विस्तारै विस्थापित हुँदै गएको छ । पालाको माग बर्सेनि बढ्दो रहेको कुमालेहरु बताउँछन् । विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको सट्टामा सुरक्षित तथा धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको पाला व्यवसायी हरिनरायण कुम्हालले बताएका छन । यस पालि कार्तिक २६ गते आईतबारका दिन लक्ष्मी पुजा परेको बृन्दावन नगरपालिकाको पुरोहित भवेश मिश्रले जानकारी दिएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस