प्रहरी, प्रशासनलाई चकमा दिदैं रौतहटका बिभिन्न नाकाबाट घुमुवा र चौकी ईन्चार्जले तस्करसंग खुल्याम गराए तस्करी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० कार्तिक २८, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
प्रहरी, प्रशासनलाई चकमा दिदैं रौतहटका बिभिन्न नाकाबाट घुमुवा र चौकी ईन्चार्जले तस्करसंग खुल्याम गराए तस्करी

वर्तमानकाल सम्वाददाता
रौतहटको विभिन्न सीमावर्ती नाकाबाट तस्करी हुन थालेको जन–गुनासो बढ्दै गएको छ ।भारत र नेपालको खुल्ला सीमा नाकाको फाइदा उठाउँदै विभिन्न चोर नाकाबाट तस्करी कार्य तीव्र गतिका साथ अघि बढेको विषयले चर्चा पाएको हो । पछिल्लो समय जिल्लाको विभिन्न सीमा नाकाको चोर बाटो हुँदै गाई गोरु, लत्ताकपडा, कस्मेटिक आईटम, चिनी, तेल, मल, हार्डवेयर, केराउ, सुपारी, चामल सहित विभिन्न सामाग्रीको तस्करी गरी बिना भन्सार नेपाल–भारत गर्ने तस्करहरू चल्ती चलेको स्थानीयको भनाई छ ।

स्रोतका अनुसार लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाध, लालबकैया बगर, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बन्कुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्रीको तस्करी गरी भारत बाट नेपाल र नेपाल बाट भारत भित्र्याउने कामलाई बढावा दिएको हो ।प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूलाई गुमराहमा पारी सिभिल टोली र चौकी इन्चार्जले चर्चित तस्करहरूलाई तस्करीको लागि लाइन खोलेको स्रोतको भनाई छ ।

मासिक लाखौं अवैध रकम लिई सिभिल टोलीले लाइन दिएको खबर केही दिन अगाडि एक सञ्चार माध्यममा आएको थियो।यस विषय प्रति सम्बन्धी निकाय गम्भीर हुनु जरुरी रहेको स्थानीय बुद्धिजीवीहरूको माग छ ।तस्करी कार्यले सरकारको ढुकुटीमा जाने राजस्व सङ्कलन कार्यमा प्रभाव पर्दै छ भने अर्को तिर सुरक्षा निकायको प्रमुखको भूमिका माथि प्रश्न चिन्ह उठने विषय बनेको छ ।

सानोतिनो व्यापारीले दिउँसै मालसामान ओसारपसार गर्छ भने ठुला व्यापारीहरूले भारतबाट रातारात लत्ताकपडा, हार्डवेयर,इलेकट्रोनिक्स समान, तेल, चिनीलगायतका मालसामान ओसार्ने गरेको छ ।भारतीय बजारको विभिन्न सामाग्री बिना भन्सार रौतहट चन्द्रपुर,कटहरिया, गरुडा र बाराको निजगढसम्म पुग्ने गरेको नाम नबताउने शर्तमा एक व्यापारीले बताएका छन् ।चोर नाका बाट मात्रै होइन, एउटै प्रज्ञापन पत्र देखाएर दुई तिन चोटि माल सामान छिराउने कार्य गौर भन्सार नाकाबाट भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस