फतुवा बिजयपुरमा रहेको श्री सरस्वती प्रा.बिका विद्यार्थीहरूलाई पोशाक बितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० मंसिर १, शुक्रबार (२ साल अघि)
  • ३ पटक पढिएको
फतुवा बिजयपुरमा रहेको श्री सरस्वती प्रा.बिका विद्यार्थीहरूलाई पोशाक बितरण

रूपेश कमार यादव
कात्तिक ३०,रौतहट
रौतहट जिल्लाको उत्तरी र पश्चिमी भेगमा अवस्थित फतुवा विजयपुर नगरपालिका नडा नम्बर ८ बिजयपुर स्थित श्री सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ । सरस्वती प्राथमिक विद्यालयका व्यवस्थापन समितिकाका नन्दलाल राय यादवको अध्यक्षतामा आज बिहिबारका दिन एक कार्यक्रमकाबीच विद्यालयमा अध्ययनरत १०० जना भन्दा बढि विद्यार्थीहरुलाई पोशाक बितरण गरेका हुन। कार्यक्रमको प्रमुख अतिथिका रूपमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले रहेकी थियो। कार्यक्रम राष्ट्रिय गान बजाएर सुरू गरू गरेको थियो।

छात्रवृत्तिको रकम र बिविध वापतको रकम समावेश गरि सो पोशाक बितरण गरिएको प्रधानाध्यापक सुबोध यादवले जनाएको छ। पोशाक बितरणमा बिधार्थिहरूलाई तयार पारिएको सर्ट पाईन्ट , टाई बेल्ट र आईडिकार्ड समेत बितरण गरिएको प्र अ यादवले बताए । आर्थिक रूपमा विपन्न विद्यार्थीका अभिभावकलाई छठ पर्वको बेलामा यस्तो कार्य गरेमा राहत पुग्ने बिद्यालयका प्र.अ यादवले बताए ।

पोशाक पाएपछि बिधार्थी निकै नै खुसि भएका थिए ।सो पोशाक बितरण कार्यक्रममा पुर्व शिक्षक महेन्द्र यादव, शिक्षा संयोजक तेजनरयाण यादव, श्री मा.बि टेंग्रहाका बिव्य अध्यक्ष जयमंगल यादव, प्र अ अनिल यादव, रामप्रवेश साह, रामअयोध्या चौधरी, प्रहरी निरिक्षक बिजय कार्की , समाजसेवी प्रमेश्वर यादव,बाबुराम अधिकारी, र पत्रकारहरूको उपस्थिती रहेका थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस