स्रोत नखुलेको ८ लाख रुपैयाँसहित महोत्तरीबाट २ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० मंसिर ८, शुक्रबार (२ साल अघि)
  • ३ पटक पढिएको
स्रोत नखुलेको ८ लाख रुपैयाँसहित महोत्तरीबाट २ जना पक्राउ

रौतहट, ८ मंसिर । महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका-३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वषर्ीय अनिल चौधरी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६प-१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको जनाएको छ ।

दुवै जनालाई बरामद रकमसहित अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस