जनकपुर प्रादेशिक अस्पतालमा अप्रेशन गर्दा सुत्केरीको मृत्यू, डाक्टर फरार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० मंसिर ९, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
जनकपुर प्रादेशिक अस्पतालमा अप्रेशन गर्दा सुत्केरीको मृत्यू, डाक्टर फरार

जनकपुरधाम,९ मंसिर। जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक महिलाको शल्यक्रिया गर्दा गर्दै मृत्यू भएपछि डाक्टर भागेको आरोप परिवारजनले लगाएका छन् । 

शनिबार दिउँसो अप्रेशन थिएटरमा लगिएकी महोत्तरीको मटिहानी बस्ने हासिम राईनकी श्रीमति  तजाबुल खातुनको अप्रेशनकै क्रममा मृत्यू भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको हो । 

मृतकका भाइ पर्ने मोहम्मद सकिर राइनका अनुसार शुक्रबार दिउँसो सुत्केरी व्यथा लागेपछि खातुनलाई जनकपुरको वैदेही हस्पिटलमा लगिएको थियो । वैदेहीलगायत अन्य निजी हस्पिटलहरुले भर्ना नलिएपछि प्रादेशिक अस्पताल जनकपुरमा राति ८ बजे पु¥याएपछि चिकित्सकले शल्यक्रिया गरेको थियो । शल्यक्रियामार्फत छोरा जन्माएकी तजवुलको आज बिहान रक्तस्राव भएर मृत्यु भएको उनले बताए ।

उनले चिकित्सकले लापरबाही गर्दा मृत्यु भएको दाबी गर्दै चिकित्सक फरार भएको आरोप लगाए । घटनाले अहिले प्रादेशिक अस्पताल तनावग्रस्त बनेको छ । यता प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले तजवुलको उपचारमा कुनै प्रकारको लापरबाही नभएको दाबी गरे ।

‘उनलाई कुनै पनि प्राइभेट हस्पिटलले भर्ना नलिएपछि अन्तिम सिकिस्त अवस्थामा प्रादेशिक अस्पतालमा ल्याइयो । हामी सरकारी हस्पिटल त्यस्तो अवस्थामा पन्छिन मिल्दैन । बाहिर रेफर गर्ने अवस्था थिएन ।

उनलाई हेल्थसिन्डोम (चम्की रोग) र जण्डिस रोग थियो’, डा.पण्डितले भने ‘अन्तिम अवस्था रहेको बिरामीलाई हामीले तुरन्तै शल्यक्रिया गरेर हरसम्भव बचाउने प्रयास ग¥यौं । बच्चा समान्य छन् । तर आज बिहान आमाको मृत्यु भयो’

यस्तो रोग भएको प्रसूति महिलालाई शरीरको जुनसुकै भागबाट रक्तस्राव भई मृत्यु हुने सम्भावना प्रवल हुने उनको तर्क छ ।
वरिष्ठ प्रसूति रोग विशेषज्ञसमेत रहेका डा. पण्डिका अनुसार उनको शल्यक्रियामा अनुभवी प्रसूति रोग विशेषज्ञ डा. राजदेव महतोले गरेका थिए । अनुभवी एनेसथेसियालगायतको टीम सरिक थियो ।

‘परिवारले समेत अन्तिम अवस्थामा ल्याएको भनिरहेका छन् । कतै भर्ना नलिएपछि हामीले हरसम्भव बचाउने प्रयास गरेका हौं । कसैले उचालेर हंगामा गर्नुको कुनै अर्थ छैन,’ डा. पण्डित भन्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस