रणवीरले अस्वीकार गरेपछि कबीर सिंह बनेका थिए शाहिद, चलचित्रले कमाएको थियो ३८० करोड

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० मंसिर १४, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
रणवीरले अस्वीकार गरेपछि कबीर सिंह बनेका थिए शाहिद, चलचित्रले कमाएको थियो ३८० करोड

जब निर्देशक सन्दीप रेड्डी वांगाले चलचित्र कबीर सिंहमा शाहिद कपुरलाई कास्ट गर्ने मन बनाए, धेरैले उनको यो निर्णयमाथि प्रश्न उठाएका थिए । त्यतिबेलासम्म शाहिदको कुनै पनि चलचित्रले १ सय करोड कमाउन सकेको थिएन । शाहिद अघि यो रोलका लागि रणवीर सिंहसँग कुराकानी गरिएको थियो । तर, रणवीरले चलचित्रलाई ‘डार्क’ भन्दै काम गर्न अस्वीकार गरेका थिए ।

भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा सन्दीपले अर्जुन रेड्डी ब्लकबस्टर भएपछि उनले दोस्रो चलचित्र महेश बाबुसँग बनाउन चाहेका थिए । तर त्यति नै बेला महेश बाबुले अन्य चलचित्रका लागि साइन गरेका थिए । त्यसपछि उनले अर्जुन रेड्डीको हिन्दी रिमेक कबीर सिंह बनाउने निर्णय गरे । त्यतिबेला बलिउडबाट उनलाई थुप्रै अफरहरू आउन थालिसकेको थियो । तर, रिमेक बनाउन त्यति सजिलो भने थिएन ।

उनले भने, ‘मलाई रिमेक बनाउन मुम्बईबाट लगातार फोनहरू आइरहेका थिए । मैले सबैभन्दा पहिले यो चलचित्रको अफर रणवीर सिंहलाई दिएँ । म उनीसँग काम गर्न चाहन्थे । तर, उनले चलचित्रको ‘थीम डार्क’ भएको भन्दै काम गर्न अस्वीकार गरे ।’ रणवीरले अस्वीकार गरेपछि उनलाई यसको रिमेक कहिले पनि बन्दैन भन्ने लागेको थियो । त्यही भएर उनले आफ्नो ध्यान फेरि तेलुगु चलचित्रतिर लगाए । सन्दीपलाई डर थियो, ओरिजिनल चलचित्र हिट भएपछि रिमेक हिट हुँदैन र यो उनको लागि लज्जाको विषय हुनेछ ।

उनले भने, ‘निर्माता, डिस्ट्रब्युटर र निर्देशक सबैले अर्जुन रेड्डी हेरिसकेका थिए । रणवीरको स्थानमा शाहिदलाई भित्र्याउने कुराको उनीहरूले विरोध गरेका थिए ।’ तर सन् २०१९ मा रिलिज भएको कबीर सिंह बक्स अफिसमा हिट साबित भयो ।
३६ करोड रुपैयाँ भारु खर्च भएको चलचित्रले विश्वभर ३ सय ८० करोड रुपैयाँ कमाएको थियो । उनको आगामी चलचित्र एनिमल डिसेम्बरमा रिलिज हुँदैछ । चलचित्रले पहिलो दिन हिन्दी संस्करणमा मात्र ५० करोड भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाई छ । तीन दिनमा चलचित्रले ३ सय करोडको आँकडा छुने उनको जिकिर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस