रौतहटको गरुडा निवासि जैसवाल साईकल यात्रामा निस्किए भारतको बैष्णो देवी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० मंसिर १७, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
रौतहटको गरुडा निवासि जैसवाल साईकल यात्रामा निस्किए भारतको बैष्णो देवी

रमेश कुमार यादब
मंसिर १६,रौतहट

धार्मिक ऐतिहासिक(सामाजिक(साँस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै रौतहटको गरुडा देखि भारतको बैष्णो देवी मातासम्म साइकल यात्रा सुरू गरिएको छ। हिन्दु धर्मको पवित्र तीर्थस्थल माता बैष्णो देवी दरबार सम्म ऐतिहासिक(सामाजिक(साँस्कृतिक धार्मिक सद्भाव कायम गर्न आह्वान गर्दै सो साइकल यात्रा शुभारम्भ गरिएको थियो ।

शनिबार बिहान रौतहट जिल्लाको मध्यभाग गरुडा स्थित दुर्गा मन्दिरमा पुजापाठ गरेर एक कार्यक्रमका बीच गरुडाका प्रतिष्ठित ब्यतिmहरुद्धारा स(सम्मान सहित फुल माला टिका र दोसाला ओढाएर पश्चात साइकल यात्री गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा निवासि बैधनाथ जैसवाल सो साइकल यात्राको शुभारम्भ गरेका थिए । सोहि ठाउँको चर्चित ब्यतिm तथा नेपाल सुन चाँदी ब्यवसायी संघ मधेश प्रदेशको अध्यक्ष राम जि साह सोनारले साईकल यात्री जैसवाललाई फुल माला टिका सहित दोसाला लगाएर बिदाई गर्दै भने हाम्रो जिल्लाको नाम रौशन गर्नु सहित एक धार्मिक यात्रा जुन साईकलले तय गरेकोमा हृदयबाट धन्यबाद दिदैं यात्रा सुखमय् बितोस भनि कामना समेत गर्नु भएको थियो ।

सोहि बिदाई कार्यक्रमको सम्बोधन गर्दै गरुडा नगर उधोग बाणिज्य संघको अधयक्ष सतिश साहले भारतको बैष्णो देवी मन्दिर साईकल याात्राले जान लागउनु भएको धन्यबाद दिदैं हाम्रो गरुडा उधोग बाणिज्य संघ भित्र रहेको मनमुटाव हटाउन माता बैष्णो देवीसंग सदबुद्धि दिन प्रार्थना गरदिन आग्रह गर्नु भएका थिए ।

त्यसतै गरुडा नगरपालिकाको मेयर प्रत्याशि बृज किशोर यादबले बिदाई तथा सम्मान कार्यक्रमको सम्बोधन गर्दै हिन्दू मान्यता अनुसार शक्तिलाई समर्पित पवित्र हिन्दू मन्दिरहरू मध्ये एक वैष्णो देवी मन्दिर भारतको जम्मू कश्मीरमा त्रिकुट वा त्रिकुट पर्वतमा अवस्थित छ। यस मन्दिरको देवता, वैष्णो देवीलाई सामान्यतया माता रानी र वैष्णवी पनि भनिन्छ।

यो मन्दिर जम्मू कश्मीर राज्यको जम्मू जिल्लाको कटरा शहर नजिकै अवस्थित छ। यो उत्तरी भारतमा सबैभन्दा प्रतिष्ठित पवित्र ठाउँहरू मध्ये एक हो जुन यहाँदेखि करिब अन्दाजी १७ सय किलाोमिटरको दुरीमा रहेको हुँदा पनि हाम्रो जिल्लाको एक साहसि मानिस बैधनाथ जैसवाल दर्शन गर्न साईकल यात्रा तय गरेकोमा एक सराहनिय र गर्भार्वान्ति कुरा रहेको बताउनु भयो ।

यात्रा सुखमय् र अरामदााय होस भनि कामना समेत गर्नु भएका थिए । उक्त कार्यक्रममा रौतहट सुनचाँदी ब्यवसायि संघको अध्यक्ष अरुण कुमार सोनी ,समाजसेवी छठु साह ,रामभरोस यादब लगायत दर्जनाौं ब्यतिहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस