आईतबारका दिन मत्स्य बिदा (फिस होलिडे) मनाउने नेपाल मत्स्य व्यवसायी संघ रौतहटको निर्णय

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० मंसिर १९, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
आईतबारका दिन मत्स्य बिदा (फिस होलिडे) मनाउने नेपाल मत्स्य व्यवसायी संघ रौतहटको निर्णय

वर्तमानकाल सम्वाददाता
प्रत्येक महिनाको आईतबार मत्स्य बिदा (फिस होलिडे) मनाउने नेपाल मत्स्य व्यवसायी संघ रौतहटले निर्णय गरेको छ । यस जिल्ला मत्स्य व्यवसायीहरुको उपस्थितीमा बसेको बैठकले संघको भुमिका र माछा उत्पादक कृषकको समस्या लगायतका बारेमा छलफल गरिएको थियो । बैठकले रौतहट जिल्लामा डिजिटल तराजुमा साढे ६ किलोग्रामको धारामा पुरानै दर भाउमा माछा बिक्री वितरण गर्ने गराउने निर्णय भएको छ ।

त्यस्तै बैठकले दिलीप सहनीको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ । त्यस्तै आगामी बैठकमा मत्स्य भलाई कोष सङ्कलन र सञ्चालन बारे कार्यविधि प्रस्तुतगर्ने निर्णय भएको जनाइएको छ । संघका संस्थापक अध्यक्ष तुलसी राज गिरीका अनुसार मत्स्य बिदा (फिस होलिडे) काम दिन माछा मार्ने अथवा बिक्री वितरण नगरिने निर्णय भएको हो । रौतहट माछा उत्पादनका लागि प्रसिद्ध भएकाले यस तर्फ स्थानिय सरकारले चासो नदिएको उहाँले उल्लेख गर्नुभयो । यहाँ उत्पादित माछा देशका विभिन्न शहरमा पुग्ने गरेको उहाँको भनाई छ ।

तर पछिल्लो समय भारतबाट आयतित माछाका कारण यहाँका व्यवसायी मर्कामा परेको उहाँले गुनासो गर्नुभयो । भारतिय व्यापारीले साईकल वा मोटरसाईकलमा अवैध बाटो हुँदै नेपाल माछा भित्राउने गरेकाले यहाँका व्यापारीलाई समस्या परेको उहाँले प्रष्ट पार्नुभयो । अवैध रुपमा भारतबाट आयितत माछा पुर्ण रुपमा प्रतिवन्धित गर्ने उहाँले सरोकारवाला निकायलाई सुझाव दिनुभयो ।

स्थानिय, प्रदेश तथा संघिय सरकारले माछा उत्पादनमा जोड दिने किसिमका निति तथा कार्यक्रम बनाउन समेत आग्रह गर्नुभयो । माछा उत्पादक कृषकको समस्याबारे बृहत् छलफल हुनुका साथै विभिन्न महत्त्वपूर्ण निर्णय समेत गरिएको नेपाल मत्स्य व्यवसायी संघ रौतहटले जनाएको छ । माछा उत्पादनका यहाँको मलाही गाउँ प्रशिद्ध छ ।

यस गाँउमा अधिंकाशको माछा पोखरी रहेको र यस व्यवसायमा संग्लन रहेको पाईन्छ । यहाँका अन्य पालिकाहरुमा पनि व्यवसायिक रुपमा माछा पालन हुँदै आएको भएपनि सरकारी निकायबाट सहयोग वा अनुदान नपाएको कतिपय माछा पालक कृषकको गुनासो छ ।

ताजा अपडेट

खोजी गर्नुहोस