कटहरियामा नयाँ ईन्चार्जको रुपमा सिंह हाजिर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० मंसिर ३०, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
कटहरियामा नयाँ ईन्चार्जको रुपमा सिंह हाजिर

रबिन्द्र प्रजापति,
ईलाका प्रहरी कार्यालय कटहरियामा नयाँ ईन्चार्जको रुपमा अरुण सिंह हाजिर भएका छन । शुक्रबार एक कार्याक्रम बिच सई सिंह हाजिर भएका छन । सई सिंहको जिल्लाबाट ईलाका प्रहरी कार्यालय कटहरियामा पठाईएको छ। सई सिंह हाजिर भएपछि यहाको डगमाडोल अवस्थालाई चाडै सुधार गर्ने बताए ।

कटहरिया बजारमा भई रहेको अबेर राती सम्म खुल्याममदिरा विक्री वितरणमा रोक लगाउने समेत बताए । लामो समयदेखि कार्यालयको गाडी बिगरेको छ र यसलाई चाडंै मर्मत गराई पुन संचालनमा ल्याउने सई सिंहले बताए । ईलाका प्रहरी कार्यालय कटहरिया अब्यवस्थित रहेकोले कटहरिया नगरपालिका नगर प्रमुख अजयप्रकाश जयसवालसंग ब्यवस्थितको माग गर्ने समेत बताए ।

आफ्नो ईलाकामा सुरक्षा ब्यवस्था कडाई गर्ने सई सिंहले बताउनु भयो । यसअधि ईलाका प्रहरी कार्यालय कटहरियामा सई रामछबेला यादवले सुरक्षा दिँदै आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस