रौतहटमा बालबिबाह तथा दाइजो प्रथा अन्त्यका लागि स्थानिय महिला एवम् भद्रभलादमिसंग छलफल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष १, आईतबार (२ साल अघि)
  • ५ पटक पढिएको
रौतहटमा बालबिबाह तथा दाइजो प्रथा अन्त्यका लागि स्थानिय महिला एवम् भद्रभलादमिसंग छलफल

प्रदीप कुमार दास,
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा न.६ माधोपुर बजारको मठमा बालबिबाह तथा दाइजो प्रथा अन्त्यका लागि स्थानिय महिला, जनप्रतिनिधि, धार्मिक अगुवा बिच सहकार्य सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त एकदिवसीय कार्यक्रम वर्ल्ड भिजन इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र निरन नेपालको आयोजनामा बालबिबाह तथा दाइजो प्रथा अन्त्यका लागि स्थानिय महिला, जनप्रतिनिधि, धार्मिक अगुवा बिच सहकार्य सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधिहरू र निरन नेपालका जिल्ला सचिव शिवशंकर पासवान , पास्टर दीपक श्रेष्ठ ,स्थानिय महिला, जनप्रतिनिधि, धार्मिक अगुवा ,धर्म गुरुहरू ,पत्रकार ,बालबालिका लगायत विभिन्न अभिभावकहरुको सहभागिता रहेको थियो । दाइजो प्रथा का कारण हाम्रो समाजमा अगन्य विकृतिहरू बढेको र समाजमा दाइजो नल्याएको भन्दै महिला हिँसा बढ्दै गएको धार्मिक अगुवा तथा स्थानीय जनप्रतिनिधिहरूको भनाई रहेको थियो ,

यसलाई हामी सबै मिली जाँदै देखि हटाउन तिर लगनू पर्छ भनी जनाएका थिए । यो समाजमा एक ठुलो भयानक रोग जस्तो भएको हो त्यस कारणले यस बालबिवाह र दाईजो प्रथालाई जडैदेखि उखालेर फ्याल्दा हाम्रो समाज राम्रो हुन्छ भनि उपस्थित भएका मािनसहरुको भनाई रहेको थियो । उपस्थित भएका धर्मगुरु र स्थानिय महिला, पुरुष र भद्रभलादमिहरु बाचा समेत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस