बारामा एक बिगाह भन्दा बढी जग्गामा गरिएको अवैध गाँजाखेती प्रहरीद्वारा नष्ट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष १, आईतबार (२ साल अघि)
  • ५ पटक पढिएको
बारामा एक बिगाह भन्दा बढी जग्गामा गरिएको अवैध गाँजाखेती प्रहरीद्वारा नष्ट

रौतहट,०१ पुस। बारा प्रहरीले एक बिगाह १३ कट्ठा जग्गामा अवैध रुपमा गरिएको गाँजाखेती नष्ट गरेको छ ।

नेपाल सरकारद्वारा प्रतिबन्धित गाँजाखेती प्रहरीले आज जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले उक्त क्षेत्रफलमा गरिएको गाँजाखेती नष्ट गरेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

गाँजाखेतीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने उनले बताए । निजगढ नगरपालिका–११ रतनपुरस्थित २ कट्ठा, सोही वडाको बिचटोलको एक कट्ठा र वडा नं १३ डम्मरपुरको एक बिगाह १० कट्ठामा गरिएको गाँजाखेती पनि नष्ट गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस