नगरमा बन्दै गरेको बिभिन्न सडकहरुको बृन्दावनका नगर प्रमुख कुर्मिद्धारा निरिक्षण तथा अनुगमन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष २, सोमबार (२ साल अघि)
  • ४ पटक पढिएको
नगरमा बन्दै गरेको बिभिन्न सडकहरुको बृन्दावनका नगर प्रमुख कुर्मिद्धारा निरिक्षण तथा अनुगमन

रमेश कुमार यादब
बृन्दावन नगरपालिकामा भईरहेको बिकास निर्माणको कार्यको नगर प्रमुख बिनोद प्रसाद कुर्मिले अनुगमन तथा निरीक्षण गर्नु भएको हो । विभिन्न बाधा अबरोध बिच नगर प्रमुख कुर्मिले आफ्नोनगरको बिकास कार्यलाई अगाडि बढाउनमा लागि परेका छन । नगर प्रमुख कुर्मिले शनिबार हर्साहा देखि चमनपुरसम्म बनिरहेको सडकको र चमनपुर हुदैं कमल पट्टि र रुपा नेपाली पाल माध्यमिक बिधालय देखि सिस्वा सम्मको निर्माण भईरहेको सडकको निरीक्षण गर्नु भएको थियो ।

सिस्वा नहर देखि पोखरि हुदै महुवाबा सम्म भईरहेको सडक ढलान कार्यको निरिक्षण गर्नु भएको थियो । त्यति मात्र नभएर बृन्दावन नगरपालिकाको देवी चौक देखि आकरपाथर सम्मको सडक,त्यस्तै बिर्ता चौक देखी भुसहा सम्मको सडक र देवी चौक देखी गढिटोल हुदै धमौरा ब्रहमस्थान सम्म्को कालोपत्रे सडकको अनुगमन तथा निरिक्षण गर्नु भएको थियो । नगर प्रमुख कुर्मिले लगायत वहाँको टोलीहरुले अनुगमनको क्रममा सो कालोपत्र कार्यमा धेरै जस्तो ठाउँमा कमसल तथा गुनस्तरहिन सामाग्रीहरुको प्रयोग भइरहेको पाइएको थियो ।

सो गुणस्तरहिन कार्यलाई रोकेर स्टिमेट अनुसारको काम गर्न नगर प्रमुखले कुर्मीले निर्देशन दिदै यस्ता कार्य गर्ने कम्पनी तथा ठेकेदार प्रति कडाइका साथ लाग्ने चेतावनी समेत दिनु भएको थियो । नगरमा सडक निर्माण नहुँदा तथा बाटोको समस्याले धेरै नै समस्या थपिदैं गईरहेको थियो । बिभिन्न ठाउँको सडक बिग्रिएर भाँचिएको थियो सो सडककोकारण दुघर्टना समेत भईरहेको थियो । उक्त समस्याकोन्युनिकरण गर्न बिभिन्न ठाउँबाट ल्याएको बजेटबाट निर्माण गराईरहेको बताउनु भयो ।

पालिकाको बिभिन्न ठाउँको सडकहरु बिस्तार भईरहेको कार्यलाई म लगायत हाम्रो टोलीले अनुगमन तथा निरिक्षण गरेको नगर प्रमुख कुर्मिले बताउनु भयो । बृन्दावन नगरपालिकामा नगर प्रमुख स्वास्थ, शिक्षा, खानेपानि लगायत बिकासका पुर्वाधार निर्माणका लागि आफ्नो तर्फबाट पुर्णरुपले पहल भइरहेको बताउनु भयो ।

त्यति मात्र नभएर नगरमा मानिसहरुको कुनै प्रकारको समस्या नहोस भनि उदेश्यले नगरको बिभिन्न ठाउँमा सौर्य बत्ती जडान, सडक बिस्तार , बिद्यालयको सुधारमा आफु लागी परेको नगर प्रमुखले बताउनु भएको थियो । सोहि अनुगनको क्रममा नगर प्रमुख कुर्मिले आफ्नैं नगरको वार्ड नं.९ को वडाअध्यक्ष शेख प्रबेजले संन्चालन गरेको कृषि उन्नत तथा कृषि उद्धमी अन्तर्गतगरेको केरा खेतिको समेत निरिक्षण गर्नु भएको थियो । वहाँले भने कि अहिलेको आवश्यकता अनुसार हामिले पालिकाका जनताहरुलाई सेवा पुरयाईरहेका छौ । तर केहि बिकाशबिरोधीको कारण जनताहरुले पाउनु पर्ने सेवा सुबिधा दिन नसकेकोमा हामि पनि दु्खि रहेको बताउनु भयो

ताजा अपडेट

खोजी गर्नुहोस