खुन मुद्धामा जन्मकैद सजाय पाएका सिराहाका इब्राहिम मिया पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष १२, बिहिबार (२ साल अघि)
  • ६ पटक पढिएको
खुन मुद्धामा जन्मकैद सजाय पाएका सिराहाका इब्राहिम मिया पक्राउ

सिराहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् ।

फरार अभियुक्त सिराहाको कल्याणपुर नगरपालिका-१२ बेल्हा बस्ने वर्ष ५६ का मो. इब्राहिम मियालाई प्रहरीले पक्राउ गरेको हो ।

खुन डाँका मुद्दामा मियालाई उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष (जन्मकैद)को सजाय फैसला सुनाएको थियो ।

फरार रहेका मियालाई गोप्य सूचनाको आधारमा मंगलबार सिराहा नगरपालिका ७ अस्पताल स्थितबाट पक्राउ गरेर बुधबार जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस