अर्काको खाताबाट रकम चोर्ने रौतहटको तीन जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष १२, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
अर्काको खाताबाट रकम चोर्ने रौतहटको तीन जना पक्राउ

पवन कुमार उपाध्याय

रौतहट,१२ पुस। बैकको खातामा रहेको लाखौ रकम चोरी गर्ने रौतहटका तीन जना पक्राउ परेका छन ।

गौर नगरपालीका वडा नं. -४ बस्ने जयप्रकाश राय चनौको एन आई सी एसिया र माछापुच्छे बैंकको खाताबाट असार २९ गते देखी पटक पटक गरी बाह्र लाख छयालिस हजार चार सय चालिस ,त्यसतै सोहि नगरपालीकाको बड़ा नं.(७ बस्ने मिश्रीलाल साहको राष्टिूय बाणिज्य बैंक शाखा गौरमा रहेको खाताबाट असार २० गते देखी पटक पटक गरी पांच लाख,र गौर नगरपालीका वडा नं.२ महादेवपट्टी वस्ने विजय किशोर झाको राष्टिूय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट कार्तिक २९ गते ८० हजार , चन्द्रपुर नगरपालिकाको वाड नं.९ का कृष्ण प्रसाद तिमल्सिनाको राष्टिूय बाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुरको खाताबाट कार्तिक ३० गते देखी पटक पटक गरी ६ लाख एघार हजार दुई सय आठ रुपैया सन्ताउन्न पैसा रकम खाताबाट चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

गौर नगरपालीका वडा नं. ४ वस्ने वर्ष २५ को जितेन्द्र गिरी ,वडा नं. ७ बस्ने वर्ष ३७ को दिपेन्द्र कुमार साह , गुजरा नगरपालीका बडा न.६ घर भई हाल चन्द्रपुर नगरपालीका वडा नं.१० बस्ने बर्ष ४२ को राज कुमार साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरुले पटक पटक गरि ४ जनाको खाताबाट २४ लाख ३७ हजार ६ सय ८५ रुपैया ५७ पैसा विभिन्न काल्पनिक व्यक्तीहरुको नामको भारतको घोडासहनमा गई किर्ते नागरीकता तथा सवारी चालक अनुमती पत्र बनाई उक्त कागजातहरुबाट सिमकार्डहरु निकाली खल्ती एप तथा विभिन्न बैंकहरुमा खाता खोली मोवाईल बैंकिङ्ग मार्फत पिडितहरुको खाताको रकम अनाधिकृत रुपमा निकालेका थिए ।
अनुसन्धानको क्रममा घटनामा संलग्न रहेका ब्यक्तिलाइ पक्राउ गरी अनुसन्धान पश्चात मिसिल जिल्ला सरकारी वकील कार्यालयमा पेश गरीएको र केही व्यक्तीहरु फरार रहेको डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।

ताजा अपडेट

खोजी गर्नुहोस