महोत्तरीको पिपरा–७ बालविवाह मुक्त घोषणा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष १२, बिहिबार (२ साल अघि)
  • ४ पटक पढिएको
महोत्तरीको पिपरा–७ बालविवाह मुक्त घोषणा

महोत्तरीको पिपरा गाउँपालिका–७ लाई पहिलो बालविवाह मुक्त वडा घोषणा गरिएको छ । मधेस प्रदेशका गृह तथा संचारमन्त्री मोहम्मद समीमले एक कार्यक्रमबीच वडा नं ७ बनौलीलाई बिहीबार बालविवाह मुक्त वडा घोषणा गरेका छन् ।

मन्त्री समीमले घोषणासभाबाट मधेसमा यस्तो राम्रो काम भएको भन्दै वडा नं ७ बनौलीवासीलाई बधाई र शुभकामना दिए । सबैले आफ्नो ठाउँबाट प्रतिबद्ध भएर परिवर्तनका लागि पहल गर्ने हो भने परिवर्तन सम्भव हुने मन्त्री समिमले बताए ।

पालिकाको ७ वटा वडामध्ये वडा नम्बर ७ मा बालविवाह हुन छाडेको, स्थानीय र सरोकारवालाले बालविवाह नगर्ने÷नगराउने प्रतिबद्धता गरेसँगै वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको पिपराकी उपप्रमुख वन्दना पाण्डेयले बताइन् ।

विगत ४ वर्षदेखि नै पालिकालाई बालविवाह मुक्त घोषणा गर्ने योजनाअनुरुप महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले काम गरिरहेका कारण पहिला वडाबाटै घोषणा सुरु गरेको पाण्डेयले बताइन् । पालिकाको प्रत्येक टोल र समुदायमा अनुगमन र सचेतना जगाउने काम भइरहेकाले छिट्टै पालिकालाई नै बालविवाह मुक्त घोषणा गर्ने तयारी रहेको पाण्डेले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस