जसपाले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा थप एक सिटका लागि गठबन्धनमा प्रस्ताव गर्ने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष १२, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
जसपाले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा थप एक सिटका लागि गठबन्धनमा प्रस्ताव गर्ने

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा थप एक सिटका लागि गठबन्धनमा प्रस्ताव गर्ने बताएको छ ।मधेस प्रदेशमा जसपाको एक सिट खाली छ, त्यो यथावत् नै रहन्छ भने त्यसबाहेक एमालेसँग
रहेको नौ वटा सिट पनि सत्ता गठबन्धनले नै हात पर्ने भएकाले त्यसमा पनि बाँडफाँट हुनुपर्ने प्रस्ताव गठबन्धनमा राख्ने सो पार्टीका कार्यकारिणी सदस्य एवं राष्ट्रिय सभाका सदस्य मृगेन्द्रकुमार सिंह यादवले बताए ।

राष्ट्रिय सभाको सिट बाँडफाँट अहिले भएको छैन । तर फागुनमा जुन दलको जति वटा सदस्यको म्याद सकिन्छ त्यो सिट त्यही दलले पाउने भनी मोटामोटी सहमति भएको छ । तर बाँकी रहेको एमालेवाला सिट पनि बाँडफाँट हुनुपर्ने कुरा हालै जसपाको सम्पन्न कार्यकारिणी समितिको बैठकमा छलफल भएको उनले बताए ।

वर्तमान सत्ता गठबन्धन एक ठाउँमा हुँदा एमालेको हाल कायम सिट गुम्ने देखिएकाले सो सिटपनि बाडफाँट हुनुपर्ने उनको भनाइ छ ।जसपाले पाउने सिटको टुंगो लागेपछि मात्र उम्मेदवारको बारेमा पार्टीमा छलफल हुने पनि उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस