विगत केहि दिनदेखि बढेको चिसोको कारण अस्पतालहरुमा बिरामीहरुको चाप बढदैं

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ १, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
विगत केहि दिनदेखि बढेको चिसोको कारण अस्पतालहरुमा बिरामीहरुको चाप बढदैं

पवन उपाध्याय
माघ ०१,रौतहट

विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशकोरौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, महोत्तरी, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ ।शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् ।

चिसोका कारणले दम तथा रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ ।उपचारका लागि स्वास्थ्य संस्था आउने सङ्ख्यामा समेत वृद्धि भएको अस्पतालहरुले जनाएका छन् । अत्यधिक चिसो बढेसँगै बालबालिकामा रुघाखोकी, निमोनियाजस्ता स्वास्थ्य समस्या अत्यधिक मात्रामा देखिन थालेका छन् ।शीतलहरसँगै चिसो हावाको कारणले जाडो अत्यधिक मात्रामा बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहल घटेको छ ।

यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामीण क्षेत्रमा यातायातका साधन चलेका छैनन् । ग्रामीण भेगमा दाउरा नहुँदा स्थानीय गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् ।चिसो अत्यधिक मात्रामा बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको छ । धेरैजसो विद्यालयमा जाडो बिदा दिइएको छ

ताजा अपडेट

खोजी गर्नुहोस