नेपाल सम्वत् उल्लेख गर्न जिल्ला प्रशासन कार्यालय रौतहटको निर्देशन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ ३, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
नेपाल सम्वत् उल्लेख गर्न जिल्ला प्रशासन कार्यालय रौतहटको निर्देशन

रमेश कुमार यादब
माघ ०३,रौतहट

जिल्ला प्रशासन कार्यालय रौतहटले नेपाली सम्वत् उल्लेख गर्न जिल्ला स्थित सबै सरकारी निकायहरूलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै गृह मन्त्रालयको चलानी नम्बर ५१८ को गत पुस २६ गतेको पत्र अनुसार जिल्लाको सबै १८ वटै स्थानीय तह र सबै सरकारी कार्यालयले नेपाल सम्वत् लेख्न निर्देशन दिएको हो।

२०८० माघ १ गते देखि ती निकायहरूले विक्रम सम्वत् लेखिने पत्रहरूमा नेपाल सम्वत् समेत उल्लेख गर्न व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृत मणि भूषण साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ। जिल्ला प्रशासनले आउँदो दिनमा बिभिन्न कार्यको थालनी गरे छन ।

जसले गर्दा सेवाग्राहिलाई कुनै प्रकारका समस्या नहोस भनि उदेश्यले बस्ने, होहल्ला नहोस भनि पुरुष र महिलाहरुको लागी फलाम घेरा जसमा लाईनमा बसेर आफ्नो काम गर्ने ब्यवस्था समेत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस