सशस्त्र प्रहरीले रौतहटबाट स्रोत नखुलेको झन्डै ६ लाख रुपैयाँसहित एक जनालाई गरे पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ ७, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
सशस्त्र प्रहरीले रौतहटबाट स्रोत नखुलेको झन्डै ६ लाख रुपैयाँसहित एक जनालाई गरे पक्राउ

रौशन कुमार चौधरी

रौतहट,0७ माघ । सशस्त्र प्रहरीले रौतहटबाट स्रोत नखुलेको झन्डै ६ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र कुमार पाटामगर नेतृत्वको टोलीले शनिवार ५ लाख ९४ हजार रुपैयाँसहित परोहा नगरपालिका वडा नम्बर ८ का दिनेशप्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।

जिल्लाको बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारततर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थान गरी कुल ५ लाख ९४ हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी निरीक्षक पाटामगरले बताए ।  बरामद रुपैयाँ, मोटरसाइकलसहित ४५ वर्षीय कुशवाहालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस