अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोल्ने एक महिला पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ १५, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोल्ने एक महिला पक्राउ

काठमाडौं,१५ माघ । अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा एक जना महिला पक्राउ परेकी छन् । कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । उनी उपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस