सिरहाका हिमालय सुगर मिलमा एक युवा मृत अवस्थामा फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ १६, मंगलबार (२ साल अघि)
  • ४ पटक पढिएको
सिरहाका हिमालय सुगर मिलमा एक युवा मृत अवस्थामा फेला

सिरहा,१६ माघ। सिरहाको हिमालय सुगर मिलमा एक युवाको मृत अवस्थामा फेला परेको छ । अन्दाजी २४/२५ वर्षको युवाको शव मंगलबार सिरहाको हिमालय सुगर मिलको भित्र फेला परेको छ ।

सिरहाको नरहा गाउँपालिका वडा नं-२ स्थित पानवारीमा रहेको हिमालय सुगर मिलमा मृत अवस्थामा शव फेला परेको हो ।

बस्तीपुर बाट ट्रयाक्टरमा उखु लिएर हिमालय सुगर मिलमा भित्र सोमबार बेलुका करिब ७ बजे तिर सुगर मिल भित्र छिरेको थियो । आफ्नो समय नआएकोले त्यही बस्नु परेकोले ट्रयाक्टर मालिक र चालक राति परेकोले सुगर मिलको छेउमा रहेको होटलमा गएर अंडा चुरा रेड्बुल खाएर फेरि त्यही मिल भित्र आएर ट्रयाक्टर मालिक र चालक संगै सुतेका थिए।

ट्रयाक्टर मालिकले दिएको जानकारी अनुसार राजेश दासले बिहान् आफ्नो समय आएकोले आफ्नो चालक अशोक दासलाई उठाउन खोजदा नउठेपछि आफ्नो चालक अशोक दासको मृत भएको थाहा पाए पछी ट्रयाक्टर मालिक दासले प्रहरीलाइ जानकारी गराएको थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस