अवैध क्रिप्टो अनलाइन गेम खेलाउने सिराहाका ७ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ १७, बुधबार (२ साल अघि)
  • २ पटक पढिएको
अवैध क्रिप्टो अनलाइन गेम खेलाउने सिराहाका ७ जना पक्राउ

रौतहट,१७ माघ। अवैध क्रिप्टो मार्फत विभिन्न अनलाइन गेम खेलाउने सिराहाका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिटक्वीन, क्यास एप मार्फत जुवा, मिल्किवे, गेमभल्ट, फाइरकिरिन, भेगाज स्वीप्स, ओरियन स्टार्स जस्ता खेल खेलाउने ७ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका १० बोटटोलका २४ वर्षीय मिथलेश कुमार मण्डल, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका २४ वर्षीय मुरारी साह, सिराहाको लाहान १ शहिदचोकका २४ वर्षीय आर्यन साह, सोही ठाउँका २४ वर्षीय अनिश कुमार रौनियार, २६ वर्षीय रोसन चौधरी जैसवाल, सिराहाको सुकिपुर नगरपालिका २ का २३ वर्षीय शिवम् कुमार यादव र २४ वर्षीय हरिशंकर चौधरी रहेका छन्।

उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो। विदेशी नागरिकको फेसबुक प्रयोग गरेर गेमहरु खेलाउने गरेको कार्यालयका डीएसपी निर्मल थापाले बताए।

उनका अनुसार यसरी कतिको कारोबार गरे भन्ने अनुसन्धान भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस