बर्दघाटको सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ २१, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
बर्दघाटको सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

रौतहट,२१ माघ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ मा एक जना सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेर लुटपाटको प्रयास भएको छ ।

सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवमा रहेको पसल बन्द गरेर घर फर्किँदा बर्दघाट नगरपालिका वडा नमबर १६, ककुरमारा नजिकै सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षकरेशम बोहोराका अनुसार, एक राउण्ड गोली विश्वकर्माको पाखुरामा लागेको छ ।

‘अहिले उहाँको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ’, बोहोराले भने, ‘थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ, तर उहाँ खतरामुक्त हुनुहुन्छ ।’

प्रहरीका अनुसार, अज्ञात व्यक्तिले पेस्तोल र खुर्पा जस्तो धारिलो हतियार देखाएर स्कुटर छाड्न भनेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस