३४ लाख रुपैयाँ बराबरको प्याज र खुद्रा सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ २१, आईतबार (२ साल अघि)
  • २ पटक पढिएको
३४ लाख रुपैयाँ बराबरको प्याज र खुद्रा सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

बारा, २१ माघ। जिल्ला प्रहरी कार्यालय बाराले ३४ लाख रुपैयाँ बराबरको प्याज र खुद्रा सामान नियन्त्रणमा लिएको छ । 

विभिन्न इकाई कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिलबिजकभन्दा बढी स्रोत खुलाउन नसकेकाले ३४ लाख ८७ हजार २१८ रुपैयाँ बराबरको सामानहरूसहित गाडीहरू नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका हुन् ।

न्यौपानेका अनुसार इलाका प्रहरी कार्यालय जीतपुरले ७ वटा सवारीबाट ११ लाख ८७ हजार ७५० रुपैयाँ बराबरको प्याज र ११ लाख ९२ हजार ९७४ रुपैयाँ बराबरको खुद्रा सामान नियन्त्रणमा लिएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय अमलेखगन्जले ११ लाख ६ हजार ४९४ रुपैयाँ बराबरको किराना सामग्रीसहित ट्रकलाई नियन्त्रण लिएको छ । यसबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको न्यौपानेको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस