बारामा गाँजाको झाेला फालेर चालक फरार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ २२, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
बारामा गाँजाको झाेला फालेर चालक फरार

रौतहट,२२ माघ I प्रहरीले बारामा अन टेस्ट मोटरसाइकलबाट गाँजा बरामद गरेको छ । सुवर्ण गाउँपालिका वडा नम्बर २ कवही गोठस्थित नहर चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा गाँजा बरामद ‍गरिएकाे हाे ।

माेटरसाइकल ओरैयाबाट सतगन्ज नाकातर्फ आइरहेको थियाे । माेटरसाइकललाई राेकेर हेरेने क्रममा सवारी चालक झाेला फालेर फरार भएका थिए ।

उक्त झोलाबाट १० केजी गाँजा बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । बरामद गाँजासहित मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस